समाचार

सातजना जुवाडे पक्राउ



काठमाडौँ, १८ फागुन । स्याङ्जामा तास खेलिरहेका सातजनालाई प्रहरीले पक्राउ गरेको छ ।

प्रहरी प्रधान कार्यालयका अनुसार वालिङ नगरपालिका–६, मिर्दीका ६८ वर्षीय तेजबहादुर थापासहितका व्यक्तिहरू पक्राउ परेका हुन् ।

थापाको घरमा जुवातास खेलिरहेको अवस्थामा हिजो बेलुका उनीहरूलाई पक्राउ गरिएको हो । नगद ४२ हजार १३५ रुपैयाँ र २१३ पत्ती ताससहित उनीहरूलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।