Banner News

राष्ट्रपति पौडेलद्वारा श्रीलंकाको राजदूत नियुक्त



काठमाडौँ, १९ फागुन । राष्ट्रपति रामचन्द्र पौडेलले पूर्णबहादुर नेपालीलाई राजदूत पदमा नियुक्त गरेका छन् ।

आज राष्ट्रपति पौडेलले नेपालीलाई श्रीलंकाका लागि नेपालको आवासीय राजदूत पदमा नियुक्त गरेका हुन् । 

राष्ट्रपति कार्यालय शीतल निवासले एक विज्ञप्ति जारी गर्दै नेपालको संविधानको धारा २८२ को उपधारा (१) बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा नेपालीलाई राजदूत पदमा नियुक्त गरिएको जानकारी दिएको छ ।