समाचार

माइक्रो बस दुर्घटना हुँदा एकजनाको मृत्यु, १५ घाइते



काठमाडौँ, १९ फागुन । गोरखामा माइक्रो बस दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ भने १५ जना घाइते भएका छन् ।

जिल्ला प्रशासन कार्यालय गोरखाका अनुसार सहिद लखन गाउँपालिका–३ स्थित आँबुखैरेनी–गोरखा सडकखण्डमा अनटेस्ट ईभी माइक्रो बस दुर्घटना हुँदा एकजनाको मृत्यु भएको र दुर्घटनामा १५ जना घाइते भएका छन् ।

ज१५ जना घाइतेहरको प्रहरीद्वारा उद्धार भइरहेको छ । मनकामना मन्दिरमा दर्शन गर्न हिँडेका यात्रु सवार रहेको बताइएको छ ।