राजनीति

फागुनमा अब राष्ट्रिय सभाका तीनवटा मात्रै बैठक बस्ने



काठमाडौँ, २० फागुन । फागुन महिनामा अब राष्ट्रिय सभाका तीन वटा मात्रै बैठक बस्ने भएको छ ।

राष्ट्रिय सभाको सचिवालयले हालै फागुन २९ गतेसम्मको संसदीय क्यालेन्डर सार्वजनिक गरेको छ । यसअघि यही फागुन १८ गते राष्ट्रिय सभाको बैठक क्यालेन्डरबिनै बसेको थियो । अब अर्को बैठक फागुन २२ गते बस्दैछ ।

सार्वजनिक क्यालेन्डर अनुसार फागुन २२, २३ र २५ गते राष्ट्रिय सभाको बैठक बस्नेछ । त्यसपछि अर्को बैठक चैत महिना लागेपछि मात्रै बस्नेछ ।