समाचार

क्रिप्टोको कारोबार गरेको आरोपमा एकजना पक्राउ



काठमाडौँ, २१ फागुन । क्रिप्टो करेन्सी कारोबारमा संलग्न एकजना पक्राउ परेका छन् ।

धादिङ खनियाबास ४ का रोशन गुरुङलाई टोखाबाट प्रहरीले पक्राउ गरेको हो । उनले आफ्नो साथबाट १४ लाख रुपैयाँ पनि लुटेर लगेको बताएपछि अनुसन्धान गर्दै जाँदा अन्य ६ जना पनि चोरीको आरोपमा पक्राउ परेका छन् ।

गुरुङले एक अर्ब ८७ करोड रुपैयाँ बराबरको क्रिप्टो करेन्सीको कारोबार गरेको देखिएको जिल्ला प्रहरी परिसर, काठमाडौँले जनाएको छ । 

उनलाई अभौतिक मुद्रा सम्बन्धी कसुरमा मुद्दा दर्ता गरी कारबाही प्रक्रियाअगाडि बढाइएको प्रहरीले जनाएको छ ।