राजनीति

अमेरिकाबाट अवैध आप्रवासी नेपाली लिएर आएको विमान काठमाडौँमा अवतरण



काठमाडौँ, २१ फागुन । अमेरिकाबाट अवैध आप्रवासी नेपाली लिएर आएको विमान बिहान काठमाडौँमा अवतरण भएको छ ।

अध्यागमन कानून उल्लङ्घन गर्ने केही नेपालीलाई लिएर अमेरिकी चार्टर जहाज जीआरपी–२३ विमान आज बिहान १० बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण भएको हो ।

यो चार्टर विमानले १० जना नेपाली काठमाडौँ ल्याउने भनिए पनि अहिलेसम्म यकिन सङ्ख्या सार्वजनिक भएको छैन ।

आज काठमाडौँ आइपुगेको चार्टर जहाज भोलि दिउँसो ३ बजे अल्बानिया हुँदै अमेरिका फर्कने तालिका छ ।

अमेरिकाले पहिलो चरणमा विभिन्न देशका १४ लाख ४५ हजार ५ सय ४९ जना आधिकारिक कागजातविहीन आप्रवासीलाई देश निकाला गर्ने जनाएको थियो । यो सूचीमा एक हजार तीन सय ६५ जना नेपाली रहेका छन् ।