समाचार

नवजात शिशुको शव फेला



काठमाडौँ, २१ फागुन । मकवानपुरकाे मनहरी गाउँपालिकामा नवजात शिशुकाे शव फेला परेकाे छ ।

मकवानपुर प्रहरीका अनुसार मनहरी गाउँपालिका-७, स्थित मनहरी बजारकाे डम्पिङसाइटमा सालनालसहित नवजात शिशु (छोरी)को शव फेला परेको हो । उक्त शव फाल्नेकाे पहिचान हुन सकेकाे छैन ।

२० फागुन मंगलबार अपराह्न साढे ५ बजे शव भेटिएकाे खबरपछि प्रहरीको टोली घटनास्थलमा पुगेर अनुसन्धान थालेकाे छ ।

शिशुलाई करिब २ दिन अगाडि जन्माएर डम्पिङसाइटमा फालेकाे हुन सक्ने प्रहरीले जनाएको छ ।