अर्थ

घट्यो नेप्से



काठमाडौँ, २७ फागुन । सेयर कारोबार मापक नेप्से परिसूचक ३२‍.२१ अंकले घटेको छ । एक दशमलव १७ प्रतिशतले घटेर २७१९.२० विन्दुमा बन्द भएको छ ।

आज ३२ कम्पनीको मूल्य बढ्यो भने २०९ कम्पनीको मूल्य घट्यो । ३ कम्पनीको मूल्य स्थिर रह्यो ।

कुल ९२ हजार ३१ पटकको सेयर किनबेचबाट ८ अर्ब ३९ करोड ११ लाख रुपैयाँको सेयर कारोबार भएको छ । आज १ करोड ५५ लाख ५९ हजार ६८३ कित्ता सेयर किनबेच भए । विकास बैंक बाहेक सबै उपसमूहहरु घटे ।