काठमाडौँ, २८ फागुन । काठमाडौँको तारकेश्वर नगरपालिका–६, धर्मस्थलीका ५८ वर्षीय कान्छा महर्जन घरबाट हराएको १७ दिनपछि मंगलबार शिवपुरी जंगलमा मृत भेटिएका छन् ।
प्रहरीका अनुसार उनी यही फागुन १० गते घरबाटै हराएकामा खोजतलासका क्रममा मंगलबार तारकेश्वर नगरपालिका–३, पाँचमानेस्थित शिवपुरी जंगलमा फेला परेको हो ।
उनको शव मुचुल्का उठाएर परीक्षणका लागि महाराजगञ्जस्थित शिक्षण अस्पतालमा पठाइएको छ । मृत्युको कारण भने खुलेको छैन ।
प्रतिक्रिया दिनुहोस्