राजनीति

प्रधानमन्त्री ओलीद्वारा सगरमाथा संवाद कार्यक्रमका लागि इजिप्टका राष्ट्रपतिलाई निमन्त्रणा



काठमाडौँ, २९ फागुन । प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी जेठ २ देखि ४ गतेसम्म काठमाडौँमा हुने सगरमाथा संवाद कार्यक्रमका लागि इजिप्टका राष्ट्रपति अब्देल फत्ताह सइद हुसैन खालिललाई निमन्त्रणा गर्नुभएको छ ।

वातावरणसम्बन्धी विश्व सम्मेलन (कोप–२७) को आतिथ्य मुलुकका नाताले जलवायु परिवर्तनका मुद्धामा साझा सहकार्यका लागि प्रधानमन्त्री ओलीले उहाँसँग आग्रह गर्नुभयो । नेपाल सरकारले पहिलो पटक जलवायु परिवर्तन, हिमाल र मानव जीवनको भविष्यलाई केन्द्रमा राखेर हरेक दुई वर्षमा यस प्रकारको विश्वव्यापी संवादको क्रममा पहिलो शृङ्खलाको आयोजना गर्न लागेको हो ।

संवादका क्रममा संयुक्त राष्ट्रसङ्घका मञ्चहरुमा उम्मेदवारी, आपसी सहकार्य, उच्चस्तरीय भ्रमणको आदानप्रदान, दुई देशबीचको परस्पर सम्बन्ध विस्तारका विविध पक्षमा छलफल भएको थियो ।