काठमाडौँ, २९ फागुन । विपक्षी चारदलीय समाजवादी मोर्चाको बैठक भोलि (शुक्रवार) बस्ने भएको छ ।
नेकपा एकीकृत समाजवादीको कार्यालय आलोकनगरमा दिउँसो ३ बजे बैठक बस्ने मोर्चाको कार्यदल सदस्य तथा नेपाल समाजवादी पार्टी (नेसपा) का सहअध्यक्ष गङ्गानारायण श्रेष्ठले जानकारी दिए ।
श्रेष्ठका अनुसार १५ गते काठमाडौँमा हुन लागिएको विरोध सभाको तयारीका लागि बैठक बस्न लागेको हो । यसअघि चैत ९ गते जनकपुरमा गर्ने भनिएको विरोध सभा स्थगित भएको उनले बताए ।
फागुन २७ गते बसेको मोर्चाको बैठकले केपी ओली नेतृत्वको गठबन्धन सरकारका कारण सडकमा राजावादी शक्तिहरू सलबलाएको निष्कर्ष निकाल्दै प्रतिगामी शक्तिलाई केन्द्रबाट चुनौती दिन काठमाडौँमा विरोधसभा राखिएको नेताहरुले बताएका थिए ।
प्रतिक्रिया दिनुहोस्