काठमाडौँ, २९ फागुन । केन्द्रीय कारागार जगन्नाथदेवल सुन्धाराबाट २०८१ को माध्यामिक शिक्षा परीक्षा (एसईई)मा १९ जना विद्यार्थी सहभागी हुँदैछन् । कारागारभित्र रहेको जगन्नाथ माध्यामिक विद्यालयमा अध्ययनरत विद्यार्थीहरू हुन् ।
कारागार प्रशासक कृष्णबहादुर कटुवालका अनुसार १ जना महिला र १८ जना पुरुष परीक्षार्थी छन् । यो वर्षको एसईईको परीक्षा ७ चैतबाट सुरु हुँदैछ ।
गत वर्षको एसईईमा २५ जना विद्यार्थी सहभागी भएका थिए । सबै विद्यार्थी उत्तीर्ण भएका थिए । उक्त विद्यालयमा पढ्ने र पढाउने दुवै कैदी नै हुन्छन् ।
प्रतिक्रिया दिनुहोस्