बारा, २९ फागुन । बारा प्रहरीले ठुलो परिमाणको लागुऔषध गाँजासहित एक जना महिलालाई नियन्त्रणमा लिएको छ ।
विशेष सूचनाको आधारमा गरिएको जाँचका क्रममा प्रहरीले जितपुर सिमराबाट एक जना महिलालाई १३ किलो लागु औषध गाँजासहित पक्राउ गरेको हो । मकवानपुर राक्सिराङ गाउँपालिका वडा नम्बर–१ निवासी सुशीला गोलेलाई पक्राउ गरेको हो ।
हेटौँडाबाट वीरगन्जतर्फ आउँदै गरेको ना ८ ख ६०६१ नं.को यात्रुवाहक माइक्रोलाई जाँच गर्दा १३ किलो गाँजा बरामद भएको बारा प्रहरी प्रवक्ता विजयराज पण्डितले बताए ।
पक्राउ परेकी गोलेलाई जिल्ला प्रहरी कार्यालयमा राखी आवश्यक कानुनी प्रक्रिया सुरु गरिएको बारा प्रहरीले जानकारी दिएको छ ।
प्रतिक्रिया दिनुहोस्