जनकपुर, १ चैत । जनकपुरमा बस दुर्घटना हुँदा करिब दुई दर्जन यात्रु घाइते भएका छन् ।
प्रहरीका अनुसार आज जनकपुरधामबाट सिरहाको लहानतर्फ जाँदै गरेको ना ५ ख १४४१ नम्बरको यात्रुबाहक बस धनुषाधाम नगरपालिकाको मालटोल चोकमा रोक्ने क्रममा दुर्घटना हुँदा २० जनाभन्दा बढी यात्रु घाइते भएका हुन् ।
बसमा करिब ३०/३५ जना यात्रुहरु थिए । बस बिसौनीमा रोक्न खोज्दा ब्रेकले काम नगरेर दुर्घटना भएको अनुमान प्रहरीले गरेको छ ।
घाइतेहरुलाई ६ वटा एम्बुलेन्स र प्रहरी भ्यानमा राखेर उपचारका लागि विभिन्न अस्पतालहरुमा लगिएको प्रहरीले जानकारी दिएको छ । घाइतेहरुको अवस्थाको बारेमा यथेष्ट विवरण लिने काम भइरहेको जनकपुर प्रहरीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्