काठमाडौँ, १ चैत । बालिका बलात्कारको आरोपमा बझाङमा एकजना पक्राउ परेका छन् ।
जिल्ला प्रहरी कार्यालय बझाङका अनुसार पक्राउ पर्नेमा तलकोट गाउँपालिका–५ का २२ वर्षीय हेमन्त भण्डारी छन् । उनलाई १४ वर्षीया बालिबा बलात्कारको आरोपमा बिहीबार साँझ पक्राउ गरिएको हो ।
पीडित पक्षको उजुरीका आधारमा उनलाई जिल्ला प्रहरी कार्यालय बझाङबाट खटिएको प्रहरीले पक्राउ गरेको हो । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्