Banner News

राष्ट्रपति पौडेलद्वारा चार विधेयक प्रमाणीकरण



काठमाडौँ, ३ चैत । राष्ट्रपति रामचन्द्र पौडेलले चार विधेयक प्रमाणीकरण गरेका छन् ।

संघीय संसद्‌को दुवै सदनबाट पारित भइ आएका विधेयक आइतबार प्रमाणीकरण गरेका हुन् ।

सुरक्षित कारोबार ऐन, २०६३ लाई संशोधन गर्न बनेको विधेयक, विद्युत व्यापार (इकमर्स) का सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, विधायक सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक र भ्रष्टाचार निवारण ऐन २०५९ लाई संशोधन गर्न बनेको विधेयक प्रमाणीकरण गरिएको राष्ट्रपति कार्यालयले जनाएको छ ।