अर्थ

नेप्से ७.६६ अंकले घट्यो



काठमाडौँ, ५ चैत । सेयर बजार परिसूचक (नेप्से) आज ७.६६ अंकले घटेको छ ।

यस साताको तेस्रो कारोबार हुँदा मंगलबार नेप्से ७.६६ अंकले घट्दा २६९७.४ बिन्दुमा पुगेको हो । 

नेप्सेका अनुसार ३१३ कम्पनीको ८२ लाख ३७ हजार ९०२ कित्ता सेयर किनबेच हुँदा आज ४ अर्ब ३४करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको छ ।  अघिल्लो दिन ५ अर्ब ४० करोड बराबरको सेयर कारोबार भएको थियो । 

आज १५२ कम्पनीको सेयर घटेको छ भने ८६ कम्पनीको सेयर बढेको छ  र ५ कम्पनीको सेयर मूल्य स्थिर रहेको छ ।