Banner News

जलवायु परिवर्तनको असर न्यूनीकरणमा सामूहिक सहकार्य आवश्यकः परराष्ट्रमन्त्री राणा



काठमाडौँ, ६ चैत । परराष्ट्रमन्त्री डा आरजु राणा देउवाले जलवायु परिवर्तनले पारेको असरलाई गम्भीर रूपमा लिएर यसको न्यूनीकरणका लागि सामूहिक सहकार्य गर्नुपर्नेमा जोड दिएकी छिन् । 

भारतको विदेश मन्त्रालयले राजधानी नयाँदिल्लीमा आयोजना गरेको राइसिना डायलगको जलवायु परिवर्तनसम्बन्धी सत्रलाई सम्बोधन गर्दै मन्त्री डा राणाले विकासशील राष्ट्रहरूले जलवायु परिवर्तनको अकल्पनीय प्रभावको अनुभव गरिरहेको र नेपाल यसको अग्रपङ्क्तिमा नै रहेको बताइन्  । उनले जलवायु परिवर्तनको असरले नेपालजस्ता हिमाल तथा पहाड भएका देशलाईमात्र नभएर सिङ्गो विश्वलाई नै असर गर्ने भएकाले सबै देशले साझा एजेण्डाकासाथ सामूहिक सहकार्य गर्नुपर्नेमा जोड दिइन् ।