Uncategorized

बाख्रा चराउने क्रममा लडेर एक जनाको मृत्यु



काठमाडौँ, ६ चैत । जाजरकोटको बारेकोट गाउँपालिका–३ पछ्याउरीका ५९ वर्षीय खडक डाँगीको बाख्रा चराउने क्रममा लडेर मृत्यु भएको छ ।

बारेकोट गाउँपालिका–३ का वडाध्यक्ष रामबहादुर सिंहका अनुसार घर नजिकैको जङ्गलमा बाख्रा चराउने क्रममा मङ्गलबार उनी लडेर घाइते भएका थिए । 

घाइते डाँगीलाई उपचारका लागि आधारभूत अस्पताल लिम्सा ल्याउँदै गर्दा आज बिहान बाटोमै मृत्यु भएको हो ।