Banner News

प्रमुख तीन दलका शीर्ष नेताको बैठक बस्दै



काठमाडौँ, ११ चैत । प्रमुख तीन दल नेपाली कांग्रेस, नेकपा एमाले र नेकपा माओवादी केन्द्रका शीर्ष नेताको बैठक सोमबार बस्दै छ । 

सिंहदरबारमा अपराह्न ४ बजे बैठक बस्ने तय भएको एक नेताले जानकारी दिए । बैठकमा संक्रमणकालीन न्याय (टीआरसी) बारे छलफल हुने बताइएको छ । अन्य समसामयिक विषयमा समेत छलफल हुने बताइएको छ ।