काठमाडौँ, १२ चैत । नेकपा माओवादी केन्द्रका उपाध्यक्ष नारायणकाजी श्रेष्ठले सरकारले नेपाल विद्युत प्राधिकरणका प्रमुख कार्यकारी निर्देशक कुलमान घिसिङलाई पदबाट हटाएर सुशासनको धज्जी उडाउँदै देशलाई थप संकटतर्फ धेकेलेको भन्दै आक्रोस जनाएका छन् ।
घिसिङलाई हटाएको सन्दर्भमा विरोध गर्दै सामाजिक सञ्जाल फेसबुकमा पोष्ट गर्दै उनले श्रेष्ठले देशलाई संकटबाट बचाउन सबैले संगठित भूमिका निर्वाह गर्नु पर्ने आह्वान गरेका हुन् । उनले सरकारी निर्णयको सार्वजनिक रुपमा विरोध गरिनु पर्ने उल्लेख गरेका छन् ।
उनले भनेका छन्, ‘देश र जनताको हित विरुद्ध नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई पदबाट बर्खास्त गर्ने सरकारको दुरासयपूर्ण ,स्वेच्छाचारी एवं निरङ्कुश निर्णयको जति निन्दा एवं भत्र्सना गरे पनि कम हुन्छ । यो कदम सुशासनको धज्जी उडाउँदै देशलाई थप संकटमा धकेल्दै लैजाने सरकारको लज्जास्पद कुकर्मको पराकाष्ठ हो । देशलाई संकटबाट बचाउन यस प्रकारको घोर आपत्तिजनक कार्य, प्रवृत्ति र शक्तिलाई परास्त गर्न सबैले संगठित भूमिका खेल्नु आजको आवश्यकता हो ।’
प्रतिक्रिया दिनुहोस्