राजनीति

भारतद्वारा थप ६ सय मेगावाट विद्युत् दिने स्वीकृति



काठमाडौँ, १४ चैत । ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्री दीपक खड्का एवं परराष्ट्रमन्त्री डा. आरजु राणाको कूटनीतिक पहलमा भारतले थप ४ घण्टा विद्युत् दिने सहमति जनाएको छ ।

इन्डियन इनर्जी एक्सजेञ्जबाट थप ६ सय मेगावाट विद्युत दिने स्वीकृत दिएको हो । प्राधिकरणमा नयाँ कार्यकारी निर्देशक हितेन्द्र देव शाक्यको नियुक्तिसँगै लोडसेडिङ हुने आशंका गरिएको थियो । तर भारत सरकारले हाल उपलब्ध गराउँदै आएको विद्युत‍्का अतिरिक्त ६ सय मेगावाट विद्युत् दिने स्वीकृति प्रदान गरेसँगै लोडसेडिङ हुने खतरा टरेको मन्त्रालयले जनाएको छ ।

उक्त विद्युत ढल्केवर-मुजफ्फरपुर प्रसारण लाइनबाट नेपालमा आउने भएको छ । हाल भारतले जुन ३० सम्मका लागि इन्डियन इनर्जी एक्सचेन्जबाट सोलार आवरमा १ हजार ४ मेगावाट विद्युत् उपलब्ध गराउँदै आएको थियो ।