राजनीति

समाजवादी मोर्चाको बैठक बस्दै 



काठमाडौँ, १६ चैत । समाजवादी मोर्चा, नेपालको बैठक आज बस्दै छ ।

बैठक केही समयपछि नेकपा एसको कार्यालय आलोकनगरमा बस्नेछ । बैठकमा शुक्रबार मोर्चाले काठमाडौंमा गरेको जनसभाको समीक्षा गर्दै आगामी रणनीति बनाउने नेताहरूले बताएका छन् । 

बैठकमा शुक्रबार राजावादीको प्रदर्शन र त्यसको असरमा पनि छलफल हुने बताइएको छ । राजावादीले नेकपा एसको कार्यालयमा पनि तोडफोड गरेका थिए ।