काठमाडौँ, १६ चैत । राजावादीहरुले शुक्रबार काठमाडौंमा मच्चाएको अराजकताबारे समिक्षा गर्न नेपाली कांग्रेसका शीर्ष नेताहरुको बैठक शनिबार बस्दैछ ।
दिउँसो ४:३० बजे सभापति शेरबहादुर देउवा निवास बूढानीलकण्ठमा राजधानीमा उपलब्ध पदाधिकारी, पूर्वपदाधिकारी सहितको बैठक बस्न लागेको कांग्रेसका एक नेताले जानकारी दिएका छन् ।
नेपाली लेखक संघको कार्यक्रममा सभापति देउवासहित महामन्त्री गगन थापा र विश्वप्रकाश शर्मा भैरहवा जाने कार्यक्रम तय थियो । शुक्रबारको घटनापछि महामन्त्रीद्वयले उपत्यका नछाड्ने कुरा भएको ती नेताले जानकारी दिए ।
प्रतिक्रिया दिनुहोस्