काठमाडौँ, १६ चैत । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले मुलुकमा देखिएको पछिल्लो राजनीतिक अवस्थाको पर्दा पछाडि ज्ञानेन्द्र शाहकै हात रहेको बताएका छन् ।
उनले समाजवादी मोर्चाको बैठकपछि पत्रकारसँग कुरा गर्दै उनले यही समयमा ज्ञानेन्द्रविरुद्ध कडा कदम चाल्न सरकारलाई अनुरोध गर्दै छाडा हुन नदिन सरकारसँग आग्रह गरेका छन् ।
उनले भने, “ज्ञानेन्द्र शाहको मानसिकता नै आपराधिक छ भन्ने कुरा इतिहासमा पनि देखिएको हो । अहिले पनि देखिएको छ ।”
प्रतिक्रिया दिनुहोस्