काठमाडौँ, १६ चैत । नेकपा (एमाले)को जगवर्गीय संगठन अनेरास्ववियुका अध्यक्ष समिक बडालले पूर्वराजा ज्ञानेन्द्र शाहलाई तत्तकाल पक्राउ गरी कारवाही गर्न सरकारसँग माग गर्नुभएको छ ।
हिजो काठमाडौँको तीनकुनेमा आयोजित राजावादीको आन्दोलनले हिंसा, हत्या, अराजकता, लुटपाट, डकैतीको योजनाकार रहेका पूर्वराजा शाहलाई पक्राउ गरी कानुनी कारवाही गर्न माग गर्नुभएको छ ।
उहाँले आफ्नो सामाजिक सञ्जालमा आज भन्नुभएको छ, ‘हिजोको नरसंहारको मुख्य योजनाकारलाई कहिले पक्रिने गृहमन्त्रीज्यू रु एकदिन अगाडि निर्मल निवासमा कथित कमाण्डरलाई बोलाएर हत्या, लुटपाट, डकैतीको योजना बनाउने, लाखौं संख्यामा फलोअर भएका फेसबुक पेज किनेर हिंसालाई आन्दोलनको रूपमा ग्लोरीफाई गर्ने सफ्ट कन्टेन्ट बनाउन लगाउने मुख्य योजनाकार ज्ञानेन्द्र कहिले पक्राऊ पर्छ रु मानव हत्यारा ज्ञानेन्द्रलाई पक्राउ गर ।’
प्रतिक्रिया दिनुहोस्