समाचार

३५ किलो गाँजासहित एक जना पक्राउ



काठमाडौँ, १९ चैत । ३५ किलो गाँजासहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ । 

जिल्ला प्रहरी कार्यालय उदयपुरबाट खटिएको प्रहरी टोलीले कटारी नगरपालिका–४ खानेपानी ट्याङ्की नजिकबाट ३५.८५० किलोग्राम प्रतिबन्धित लागुऔषध गाँजासहित सोही नगरपालिका–५ का २९ वर्षीय प्रेम बहादुर श्रेष्ठलाई पक्राउ गरेको हो । 

विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय उदयपुरबाट खटिएको प्रहरी टोलीले उदयपुरको आहालेबाट कटारी बजार तर्फ जाँदै गरेको प्रदेश २(०१००१ ह ११२६ नम्बरको अटोमा बोरामा पोको पारेर लैजाँदै गरेको अवस्थामा उक्त परिमाणको गाँजा नियन्त्रणमा लिइएको हो । 

श्रेष्ठलाई इलाका प्रहरी कार्यालय कटारी, उदयपुरमा राखी थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।