अर्थ

धनियाँको मूल्य बढ्यो



काठमाडौँ, १९ चैत । बजारमा हरियो धनियाँको मूल्यवृद्धि भएको छ ।

कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिका अनुसार हरियो धनियाँको प्रतिकिलो थोक मूल्यमा बढोत्तरी देखिएको हो ।

आज हरियो धनियाँको प्रतिकिलो थोक मूल्य ६६ रुपैयाँ बढेको छ । हिजो सोमबार प्रतिकिलो ११० रुपैयाँमा धनियाँ किनबेच भएको थियो । आज भने धनियाँको प्रतिकिलो थोक मूल्य १७६ रुपैयाँ कायम छ ।