काठमाडौँ, १९ चैत । प्रधानमन्त्री केपी शर्मा ओली थाइल्यान्ड प्रस्थान गरेका छन् ।
थाइल्यान्डको औपचारिक भ्रमण र बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका निम्ति बंगालको खाडीको प्रयास (बिम्स्टेक)को छैटौँ शिखर सम्मेलनमा भाग लिन थाई एयरलाइन्समार्फत आज बैंकक प्रस्थान गरेका हुन् ।
नेपालका प्रधानमन्त्रीबाट इतिहासमै पहिलोपल्ट थाइल्यान्डको औपचारिक भ्रमण हुँदै छ । प्रधानमन्त्री ओली थाइल्यान्डका उनका समकक्षी फेथोङथान सिनावातको मैत्रीपूर्ण निमन्त्रणामा त्यसतर्फ गएका हुन् ।
प्रधानमन्त्री ओलीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अतिविशिष्ट कक्षमा उपप्रधान एवं सहरी विकासमन्त्री प्रकाशमान सिंह, गृहमन्त्री रमेश लेखकसहितले बिदाइ गरे । त्यसक्रममा नेपाली सेनाको एक टुकडीले सलामी अर्पण गरेको थियो ।
प्रतिक्रिया दिनुहोस्