राजनीति

नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत पक्राउ



बर्दिया, २१ चैत । बारबर्दिया नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत दीपक आचार्य पक्राउ परेका छन् ।

उनलाई बारबर्दिया नगरपालिकाबाट बुधवार बेलुका पक्राउ गरी जिल्ला प्रहरी कार्यालय ल्याइएको प्रहरीले जनाएको छ ।

मदिरा सेवन गरेर मङ्गलवार कार्यालय समयमा कार्यालय भित्र नगर प्रमुख छविलाल थारु र नगर उप प्रमुख रत्नकुमारी पाण्डेलाई अभद्र व्यवहार गरेको आरोपमा पक्राउ गरिएको हो । नगरपालिकाका नगरप्रमुख छविलाल थारुसहितको टोलीले जिल्ला प्रहरी कार्यालय बर्दियामा प्रमुख प्रशासकीय अधिकृत आचार्यलाई अभद्र व्यवहारको मुद्दा गर्दा गर्न आवेदन दिएका कारण पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी उपरीक्षक केदार खनालले बताउनु भयो ।

आचार्यले भने पावर टेलर खरिदमा नगर प्रमुखले ५ लाख कमिसन नपाएको झोकमा प्रहरी बोलाएको आरोप लगाउँदै सामाजिक सञ्जालमा लेखेका छन् ।