काठमाडौँ, २१ चैत । बाँके राष्ट्रिय निकुञ्जको खडकबारस्थित हात्तीसारमा कार्यरत एक जना फडितको हात्तीको आक्रमणमा परी मृत्यु भएको छ ।
बधबार राति हातीलाई घाँसमा हाल्न जादा हात्तीले आक्रमण गरेको बर्दियाको ठाकुरबाबा गाउँपालिका–९ बानुगाउँ घर भएका ४५ वर्षीय आशाराम थारुको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ ।
थारुलाई आक्रमण गर्ने हात्तीले यसअघि पनि धेरैलाई आक्रमण गरेको थियो । १८ वर्षीय उक्त भाले हात्तीलाई २०७३ सालमा बर्दियाबाट ल्याउँदा मृतक आशाराम पनि सँगै आएका थिए ।
प्रतिक्रिया दिनुहोस्