अर्थ

घट्यो सुनचाँदीको मूल्य



काठमाडौँ, २२ चैत । आज बजारमा सुनचाँदीको मूल्य घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन ३९ सय रुपैयाँले घटेर प्रतितोला एक लाख ७६ हजार ४ सयमा कारोबार भएको छ ।

त्यस्तै आज चाँदीको मूल्य पनि १२५ रुपैयाँले घटेर १८ सय ७० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।