काठमाडौँ, २३ चैत । सभापति रवि लामिछाने सहकारी ठगी प्रकरणमा अदालतको आदेशअनुसार पक्राउ परेसँगै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को आकस्मिक भर्चुअल बैठकले विभिन्न ५ वटा निर्णय गरेको छ ।
शुक्रबार अबेरदेखि शनिबार बिहानसम्म चलेको केन्द्रीय सचिवालयको बैठकले उच्च अदालत तुलसीपुर बुटवल इजलासले लामिछानेका सम्बन्धमा गरेको आदेशलाई सम्मान गर्ने निर्णय गरेको छ ।
यस्तै अदालत, संविधान र कानुनमा आधारित रही अर्को तह र ढोकामा न्यायको लागि अघि बढ्ने बैठकले निर्णय गरेको कार्यबाहक प्रवक्ता मनिष झाले जानकारी दिए ।
नागरिकको घरभित्र छिरेर कानुनी कागजात बनाउने गैरसंवेदनशील र गैरकानुनी कार्य भएको भन्दै रास्वपाले भत्सर्ना गरेको छ ।
यस्तै रास्वपाले शनिबार चितवनमा आयोजना हुन लागेको जनयात्रा शुभारम्भ सभालाई भव्य रूपमा सफल पार्ने निर्णय गरेको छ ।
यस्तै पार्टी सभापति लामिछानेले पार्टीको नेतृत्व जिम्मेवारीको लागि कार्यवाहक सभापतिमा उपसभापति डिपी अर्याललाई तोकेकोमा त्यसलाई अनुमोदन गर्ने निर्णय पनि बैठकले गरेको छ ।
प्रतिक्रिया दिनुहोस्