काठमाडौँ, २५ चैत । हाल देशमा पश्चिमी र स्थानीय वायुको आंशिक प्रभाव रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।
विभागका अनुसार आज दिउँसो पहाडी भूभागमा आंशिक बदली रहनेछ । बाँकी भूभागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहनेछ ।
कोसी, वाग्मती, गण्डकी र कर्णाली प्रदेशका पहाडी भूभागका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ ।
कोसी, वाग्मती, गण्डकी र कर्णाली प्रदेशको हिमाली भूभागका केही स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको विभागले जनाएको छ ।
त्यस्तै आज राति देशभर आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहनेछ ।
प्रतिक्रिया दिनुहोस्