गोरखा, २५ चैत । मनास्लु क्षेत्र घुम्न आएका एक बेलायती नागरिकको मृत्यु भएको छ ।
जिल्ला प्रहरी कार्यालय गोरखाका अनुसार डिजाएर एडभेन्चर ट्रेकिङ एजेन्सीमार्फत मनास्लु क्षेत्र घुम्न आएका बेलायती नागरिक थोम्पसन इयानको चुमनुव्री गाउँपालिका–१ लार्केमा आइतबार मृत्यु भएको हो ।
पैदलयात्रामा रहेका उनी अचानक ढलेर मृत्यु भएको हो । गोरखाका डीएसपी इन्द्रप्रसाद सुवेदीले भने, ढलेकै स्थानमा उनको मृत्यु भएको रहेछ,’ ‘घटनास्थलमा हेलिकप्टरबाट प्रहरी पठाउने तयारी गरेका थियौं, मौसम प्रतिकूलताका कारण उडान हुन सकेन ।’
सामागाउँ प्रहरी चौकीबाट घटनास्थल पुग्न झन्डै ६ घण्टा लाग्छ । मौसम अनुकूल भएपछि सोमबार प्रहरी टोली घटनास्थलमा पुगेर थप अनुसन्धान अघि बढाउने उनले बताए ।
प्रतिक्रिया दिनुहोस्