अर्थ

चीनलाई थप ५० प्रतिशत कर लगाउने ट्रम्पको चेतावनी



वाशिंटन, २६ चैत  अमेरिका र चीन दुवैले एक आपसमा ‘ट्यारिफ’को घोषणा गरेको तेस्रो दिनसम्म विश्वको शेयर बजारमा असर देखिएपछि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चीनलाई थप चेतावनी दिएका छन् ।

राष्ट्रपति ट्रम्पले चीनले आफ्नो कुरामा अडिग रहेमा थप ५० प्रतिशत ट्यारिफ लगाउने चेतावनी दिएका हुन् । राष्ट्रपति ट्रम्पले वार्ताका नाममा आफ्ना कुनै घोषणा र योजनामा ढिलाई नगर्ने बताए । यो निर्णय लागू भएमा अमेरिका पुग्ने चीनको कुनै सामानको कर १०४ प्रतिशतसम्म हुनेछ ।

सामाजिक सञ्जाल ट्रुथमा आफ्नो कुरा राख्दै ट्रम्पले शुक्रबार घोषणा गरेको ३४ प्रतिशत महसुलको निर्णयबाट चीन पछि नहटेमा अमेरिकाले पनि थप घोषणा गर्ने जनाएका हुन्। यसअघि अमेरिकाले मार्चमा २० प्रतिशत कर तथा गत साता थप ३४ प्रतिशत कर लगाउने निर्णय गरेको थियो।