जनकपुरधाम, २६ चैत । मधेश सरकारले अब अगामी बजेटमा एक करोडभन्दा कमको आयोजना नराख्ने भएको छ ।
प्रदेश विकास समस्या समाधान समितिको बैठकमा आगामी बजेटमा एक करोडभन्दा कमका योजना वार्षिक कार्यक्रममा नराख्ने निर्णय गरेको हो । यस्तै बैठकमा नीति तथा योजना आयोगले तयार पारेको प्रोजेक्ट बैंक मा सबै योजना प्रविष्टपछि मात्र पीएलएमबीआइएसमा प्रविष्ट गर्ने र जेठ २१ गते भित्र नै सबै आयोजनाहरु प्रोजेक्ट बैंकमा पीएलएमबीआइएसमा प्रविष्ट गरिसक्ने निर्णय गरेको छ ।
प्रोजेक्ट बैंकमा अधुरो अपुरो आयोजनाहरुको विवरण समेत राख्ने र सोही अनुसार वार्षिक कार्यक्रममा समावेश गर्ने लगायतको निर्णय समेत भएको छ । प्रदेश विकास समस्या समाधान समितिको पहिलो बैठकमा मधेश सरकारका मुख्यमन्त्री सतिशकुमार सिंह, मन्त्रीहरु र सचिवहरुको सहभागिता रहेको थियो ।
प्रतिक्रिया दिनुहोस्