काठमाडौँ, २६ चैत । आम जनता पार्टी (आजपा) ले सिंहदरबार घेराउ गर्ने निर्णय गरेको छ ।
कोटेश्वरमा मंगलबार बसेको स्थायी कमिटी बैठकले नक्कली गणतन्त्रवादीलाई सिंहदरबारबाट निकाल्ने निष्कर्षसहित सिंहदरबार घेराउ गर्ने निर्णय गरेको आजपाले जनाएको छ । दोस्रो चरणको आन्दोलनको घोषणा गर्दै आउँदो जेठ १५ गते सिंहदरबार घेराउ गर्ने निर्णय गरेको हो ।
बैठकलाई सम्बोधन गर्दै आजपा अध्यक्ष तथा पूर्वमन्त्री प्रभु साहले नक्कली गणतन्त्रवादीलाई तह लगाउन सिंहदरबार घेराउ गर्ने बताएका थिए । यस्तै ओली नेतृत्वको सरकार र दलाल दलतन्त्रको देशव्यापी भण्डाफोर अभियान सञ्चालन गर्ने निर्णय बैठकले गरेको छ ।
दोस्रो चरणको आन्दोलन अन्तरगत जिल्ला–जिल्लामा सर्वपक्षिय भेलाद्धारा जनआन्दोलन परिचालन समिति गठन गर्दै सरकार र दलाल एवं लुटकारी दलतन्त्र बिरुद्ध भण्डाफोर अभियान सञ्चालन गरिने आजपा महासचिव त्रिभुवन साहले बताए ।
प्रतिक्रिया दिनुहोस्