अछाम, २७ चैत । जन्मजात दृष्टिविहीन २१ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको आरोपमा रामारोशन गाउँपालिका ५, का ५१ वर्षीय चेतमान रोकायालाई अछाम प्रहरीले पक्राउ गरेको छ ।
महिलाको स्वास्थ्य परीक्षण गर्दा २८ हप्ताको गर्भ देखिएको अछामका प्रहरी प्रमुख डीएसपी ईश्वरीप्रसाद भण्डारीले जानकारी दिए । पक्राउ परेका रोकाया दाहिने खुट्टाको अपांग भएको र महिला दृष्टिविहीन भएकाले अपांगता भएकाहरुको विभिन्न कार्यक्रममा जाने क्रममा रोकायाले डर धम्की देखाएर बलात्कार गरेको हुन सक्ने प्रहरीले बताएको छ ।
प्रतिक्रिया दिनुहोस्