पाल्पा, २७ चैत । पाल्पाको बगनासकाली गाउँपालिका–२, पोखराथोकमा खागमौरीले चिल्दा गोफेकका ४५ वर्षीय कमल विश्वकर्माको मृत्यु भएको छ ।
बगनासकाली गाउँपालिका–३, आर्यभञ्ज्याङ्मा आरन व्यवसायी गर्दै आएका उनलाई खाना खान घर जाने क्रममा बाटोमा खागमौरीले टोकेको हो । घरमा पुगेको केही समयपछि विश्वकर्मा बेहोस भएपछि उपचारका लागि लुम्बिनी मेडिकल कलेज प्रभास लगिएको थियो । अस्पतालमा चिकित्सकले जाँच गरेपछि मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक सन्दीप बेल्वासेले जानकारी दिए ।
प्रतिक्रिया दिनुहोस्