गाजा, २८ चैत । गाजा सिटीको पूर्वी भागमा रहेको एक आवासीय भवनमा इजरायली हवाई आक्रमण हुँदा कम्तीमा २९ जना प्यालेस्टिनीको मृत्यु भएको छ ।
आक्रमणमा परी कम्तीमा ४० जना घाइते भएको विभिन्न सञ्चार माध्यमहरूले जनाएका छन् । स्थानीय अस्पतालका अनुसार मंगलबार बिहान अल–हवासी मस्जिदनजिकै शेजैया बस्तीमा आक्रमण गरिएको थियो । उद्धारकर्मीहरूले अझै पनि भग्नावशेषबाट शव खोजिरहेका छन् ।
प्रतिक्रिया दिनुहोस्