समाचार

कर्णालीमा विद्युत् सेवा अवरुद्ध



सुर्खेत, २८ चैत । ‎‎बुधवार रातिदेखि कर्णालीमा विद्युत् सेवा अवरुद्ध भएको छ । ‎

विद्युत् प्राधिकरण कार्यालय सुर्खेतका अनुसार हावाहुरीसहितको वर्षाका कारण कोहलपुर–सुर्खेत ३३ केभी र पश्चिमको कुइने–बाबियाचौर–वीरेन्द्रनगर ३३ केभी लाइन अवरुद्ध भएका छन् ।

‎‎‎कहाँ क्षति भएको छ भन्ने विषयमा खोजी कार्य भइरहेको छ । ‎अहिलेसम्म क्षतिग्रस्त स्थान पत्ता नलागेका कारण विद्युत् सुचारु हुन समय लाग्ने प्राधिकरणले जनाएको छ ।