म्याग्दी, २८ चैत । धवलागिरी गाउँपालिका-७ उत्तिसेमा सडक छेउमा पार्किङ गरेको बोलेरो जिप मर्मत गर्ने क्रममा किचिएर एक जना मजदुरको मृत्यु भएको छ ।
धवलागिरीको ताकम–मुना ग्रामीण सडकमा चल्ने ग १ ज ७०४९ नम्बरको जिप मर्मत गर्ने क्रममा दिउँसो अन्दाजी २ बजे गाडी पछि सरेर किच्दा सोही वडा ३ मुनाका २६ वर्षीय रोहित शेरपुञ्जाको घटनास्थलमै मृत्यु भएको प्रहरीले पुष्टि गरेको छ ।
एउटा टायर खोली काम गर्ने क्रममा एक्कासि जिप पछि सर्दा शेरपञ्जालाई किचेको थियो ।
प्रतिक्रिया दिनुहोस्