राजनीति

कांग्रेसमा क्रियाशील सदस्यता नवीकरण समय थपियो



काठमाडौँ, २८ चैत । नेपाली कांग्रेसको क्रियाशील सदस्यता नवीकरणको समय १५ दिन थपिएको छ ।

यसअघि कांग्रेसले क्रियाशील सदस्य नवीकरण गर्ने समयावधि यस वर्षको अन्तिमसम्म तोकेको थियो । तर कांग्रेसले क्रियाशील नवीकरण समयावधि १५ वैशाखसम्मका लागि थप गरेको छ ।

महामन्त्री गगन थापाले तल्लो तहलाई परिपत्र गरेर समयावधि थपेको जानकारी गराएका हुन् । नवीकरणका लागि लाग्ने शुल्क समेत उल्लेख गरेर महामन्त्री थापाले परिपत्र गरेका हुन् । नवीकरण शुल्क दुई सय रुपैयाँ तोकिएको छ ।