राजनीति

रविलाई थुनामा पठाउने आदेशविरुद्ध सर्वोच्चमा रिट



काठमाडौँ, २९ चैत । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेशविरुद्ध सर्वोच्च अदालतमा बन्दीप्रत्यक्षीकरणको रिट दर्ता भएको छ ।

शुक्रबार सर्वोच्चमा लामिछानेको तर्फबाट अधिवक्ता नारायण कँडेलले बन्दीप्रत्यक्षीकरणको रिट दर्ता गरेका हुन् । सुप्रिम बचत तथा ऋण सहकारी ठगी प्रकरणमा अघिल्लो शुक्रबार उच्च अदालत तुलसीपुरको बुटवल इजलासले लामिछानेलाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश गरेको थियो ।

उक्त आदेशपछि उनलाई सोही रात बूढानीलकण्ठबाट पक्राउ गरी काठमाडौँ प्रहरी परिसरमा राखिएको थियो ।