राजनीति

निराशा र कुण्ठा होइन, संकल्प र सिर्जनामा बदलौं: महासचिव पोखरेल



काठमाडौँ, ३० चैत । नेकपा एमालेको महासचिव शंकर पोखरेलले पछिल्लो समय निराशा र कुण्ठामा नभई संकल्प र सिर्जनामा बदल्ने प्रयास गर्न आग्रह गर्नुभएको छ ।

पुरातनवादी सोच तथा विचारबाट ग्रसित सोच र सामाजिक सञ्जालमा अराजकताहरुले भ्रमको खेती गरिरहेको प्रति संकेत गर्दै उहाँले अबको आन्दोलन संकल्प र सिर्जनाको लागि हुनुपर्नेमा जोड दिनुभयो । निराशा र कुण्ठाले समाजलाई पछाडि धकेल्ने र समृद्धिको यात्रालाई बाधा पुर्याउने भएकाले समाजमा उत्पन्न असन्तोषलाई मुलुकको विकास र समृद्धिमा अगाडी बढाउने संकल्पका साथ अगाडी बढ्नुपर्ने धारणा राख्नुभयो ।

उहाँले आफ्नो सामाजिक सञ्जालमा आज भन्नुभएको छ, ‘निराशा र कुण्ठाले समाजलाई पछाडी धकेल्दछ र समृद्धिको यात्रामा वाधा पुर्याउछ । तसर्थ, समाजमा उत्पन्न असन्तोषलाई निराशा र कुण्ठामा होइन संकल्प र सिर्जनामा बदल्ने प्रयास गरौं ।’