विश्व

चट्याङ लागेर ६० जनाको मृत्यु



नयाँ दिल्ली, ३० चैत । भारतको बिहार र उत्तर प्रदेशमा चट्याङका कारण ६० जनाको मृत्यु भएको छ ।

चट्याङ, आँधीबेहरी र वर्षाका कारण बिहारमा ३८ र उत्तर प्रदेशमा २२ जनाको मृत्यु भएको बीबीसी समाचारमा उल्लेख छ । बिहारका मुख्यमन्त्री नीतीश कुमारले मृतकका परिवारलाई प्रतिपरिवार चार लाख रुपैयाँ क्षतिपूर्ति दिन निर्देशन दिएका छन् ।

यसैबीच उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले राज्यमा मृतकका परिवारलाई ४ लाख रुपैयाँ क्षतिपूर्ति दिने घोषणा गरेका छन्।