समाचार

टिपर दुर्घटना हुँदा चालकको मृत्यु



काभ्रे, ३१ चैत । मण्डनदेउपुर नगरपालिकामा टिपर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।

वडानम्बर-२ ठकुरी गाउँमा निर्माणाधीन मिस्टिक माउन्टेन होटलको परिसरमा बालुवा झार्ने क्रममा ना.२ ख २४६४ नम्बरको टिपर दुर्घटना भएको हो । दुर्घटनामा सोही ठाउँका ३१ वर्षीय चालक विनोद घोरासैनीको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ ।