काठमाडौँ, ३१ चैत । फेक आईडी बनाएर चरित्र हत्या गरेको आरोपमा एक महिलालाई प्रहरीले पक्राउ गरेको छ ।
प्रहरीले गोरखा जिल्ला घर भई वैदेशिक रोजगारीमा रहेकी युवतीलाई घर फर्किन लाग्दा त्रिभुवन विमानस्थलबाट हिजो शनिबार पक्राउ गरेको जनाएको छ । सामाजिक सञ्जालमार्फत आफ्नो र परिवारको चरित्र हत्या गरेको एक पुरुषले उजुरी दिएका थिए । ती युवतीले सामाजिक सञ्जाल प्रयोगकर्ताहरूलाई उक्त फेक आईडीबाट युवतीले अपाच्य शब्द प्रयोग गरी चरित्रहत्या गर्ने गरेको ती पुरुषले निवेदनमा लेखेका छन् ।
ती युवतीउपर विद्युतीय कारोबार ऐन, २०६३ अन्तर्गत कसूरमा मुद्दा चलाइने प्रहरीको तयारी छ । २०८० साल पुस ३ गते ती पुरुषले मुद्दा दर्ता गरेपछि युवतीलाई प्रहरीले फरार सूचीमा राखेको थियो । यसै क्रममा इन्टरपोलमार्फत रेड नोटिस जारी गरी र वैदेशिक रोजगारीबाट फर्कने क्रममा प्रहरीले उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयको सहयोगमा पक्राउ गरेको हो ।
प्रतिक्रिया दिनुहोस्