नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पछाडि फर्केर नभई अगाडि बढेर भविष्य उज्यालो हुने बताएका छन् ।
आइतबार साँझ एक भिडियो सन्देश जारी गर्दै उनले नयाँ वर्ष २०८२ बाट सुशासनका नयाँ मानकहरु स्थापित गर्दै देशलाई उन्नत र समृद्ध राष्ट्र निर्माण गर्न एकतावद्ध भएर अघि बढ्नुपर्नेमा जोड दिए । उनले लोकतान्त्रिक गणतन्त्रको विकल्प अझ सुदृढ लोकतान्त्रिक गणतन्त्र भएको समेत बताए ।
प्रचण्डले नयाँ वर्ष २०८२ सालको शुभकामना सन्देश जारी गर्दै भिडियो सन्देशमा भनेका छन्, ‘हामी गौरवशाली इतिहास बोकेका सार्वभौम नेपाली हौँ । हामीले न्याय स्वतन्त्रता र समानताका लागि त्याग,तपस्या र बलिदानका कयौँ किर्तिमान कायम गरेका छौँ । हाम्रो भविष्य पछाडि फर्केर होइन अगाडि बढेर मात्र उज्यालो बन्न सक्छ ।’
प्रतिक्रिया दिनुहोस्